शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सलमान खानको बहुप्रतिक्षित फिल्म राधेको ट्रेलर सार्वजनिक


  • बिहिबार, बैशाख ९ २०७८
18.2K
SHARES

फाईल तस्बिर

सलमान खानको बहुप्रतिक्षित फिल्म ‘राधेः योर मस्ट वान्टेड भाइ’को ट्रेलर सार्वजनिक भएको छ । यसै वर्षको इदको मौका पारेर फिल्म मे १३ मा थिएटर र डिजिटल प्लेटर्फममा एकसाथ रिलिज हुँदैछ ।

दैनिक जागरणमा प्रकाशित समाचारअनुसार सलमानले बुधबार आफ्नो ट्वीटर हेण्डलमा फिल्म इदमा रिलिज हुने जनाउदै ट्रेलर बिहीबार सार्वजनिक हुने उल्लेख गरेका थिए ।

सलमानका अघिल्ला फिल्म झैं ‘राधे’ पनि एक्सन थ्रिलर फिल्म हो । जसमा उनी पुलिस अफिसरको भूमिकामा छन् । ट्रेलरमा सलमानलाई सन् २००९ को उनको सफल फिल्म ‘वान्टेड’ लुक्समा देखाइएको छ ।

प्रभु देवा निर्देशित फिल्ममा सलमानसँगै दिशा पाटनी, रणदीप हुड्डा र ज्याकी श्राफ प्रमुख भूमिकामा छन् ।

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा