अभिनेत्री केकी अधिकारी कोरोनाभाइरस संक्रमित भएकी छिन् । उनी भाइरस संक्रमित हुँदा उनी सम्बद्ध फिल्म छायांकन र रियालिटी सो प्रभावित भएका छन् ।
अहिले आफूलाई आइसोलेसनमा राखेकी केकीको स्वास्थ्य अवस्था भने सामान्य छ । उनलाई कोरोना देखिएपछि छायांकन भैरहेको केकी अभिनित फिल्म ‘घिन्ताङ’ पोस्टपोन्ड भएको छ ।
साथै, उनी निर्मात्री रहेको टेलिभिजन रियालिटी सो ‘कमेडी च्याम्पियन’को सिजन २ समेत एकसातालाई पोस्टपोन्ड भएको छ । कमेडी च्याम्पियनले विज्ञप्ती जारी अर्का एक सहभागिलाई पनि कोरोना देखिएको उल्लेख गरिएको छ ।
कमेडी च्याम्पियनको छायांकन अर्को सातालाई पोस्टपोन्ड गरिएको खबर छ । टीमका अन्य सदस्यको पनि कोरोना परीक्षण गरिने भएको छ । संक्रमित हुनेलाई क्वारेन्टिन र आइसोलेसनको पनि व्यवस्था गरिएको कमेडी च्याम्पियनले जनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।