बुधबार, कार्तिक २६ २०८३
ताजा अपडेट

मलाई बम हान्नेलाई गृहमन्त्री बनाएर गल्ती गरें, उनीहरू बिकाउ माल सावित भए : प्रचण्ड


  • बुधबार, चैत्र २५ २०७७
15.7K
SHARES

फाईल तस्बिर

मंगलबार रूकुम पश्चिममा भएको जनप्रशिक्षण कार्यक्रममा पुगेका प्रचण्डले, मलाई बम हान्नेलाई गृहमन्त्री बनाएर गल्ती गरें,उनीहरू बिकाउ माल सावित भए भन्दै बादल लगएत पार्टीछोडेर मन्त्री भएकाहरु प्रति लक्षीत गर्दै आत्मआलोचना गरेका छन ।

‘म आत्मआलोचना गर्न आएको हुँ। मलाई दु:खमा बचाउने र सहयोग गर्ने तथा अप्ठरो पर्दा प्रचण्ड भन्नेहरू ओझेलमा परेका छन्। जाली, फटाहले भाउ पाएजस्तो भयो,’ उनले भने।

उनले पार्टी छाडेर गएका र पुन: फर्केकाहरूलाई आफूले माथिल्लो तहमा जिम्मेवारी दिनु गल्ती भएको पनि बताए।
‘पार्टी विभाजन गरेर जानेलाई माथिल्लो तहमा जिम्मा दिएँ। मलाई गद्दार भन्नेहरू र ०७० सालको चुनावमा ममाथि बम प्रहार गर्ने साथीहरूलाई गृहमन्त्री बनाएँ। मैले गल्ती गरें। उनीहरू बिकाउ माल सावित भए,’ उनले भने।

उनले इमान्दार कार्यकर्तालाई अब पार्टीमा अगाडि बढाउने बताए।

‘इमान्दार कार्यकर्तालाई पार्टी, नियुक्तिहरू र मन्त्री बनाउँदा प्राथमिकता दिनुपर्नेमा मैले गल्ती गरेँ। सहिद परिवार ओझेलमा परेजस्तो भयो भने जनयुद्धमा त्याग गर्नेहरू पनि ओझेलमा परे। अब म त्यस्तो गर्दिनँ। हिजो युद्धमा लागेकालाई अगाडि बढाउने संकल्प गर्छु,’ उनले भने।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा