शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

अभिनेत्री आलिया भट्ट कोरोना संक्रमित


  • शुक्रबार, चैत्र २० २०७७
28.2K
SHARES

फाईल तस्बिर

बलीउड अभिनेत्री आलिया भट्ट कोरोना संक्रमित भएकी छन् । उनका प्रेमी रणबीर कपूर कोरोना संक्रमित भएपछि आलियाको कोरोना रिपोर्ट पनि पोजेटिभ आएको हो ।

आलियाको आउँदै गरेको फिल्म ‘गंगूबाई काठियावाडीं’ का निर्देशक संजय लीला भंसाली पनि केही समय अगाडि कोरोना संक्रमित भएका थिए ।

कोरोनाको लहर फिल्म क्षेत्र, टेलिभिजन क्षेत्र, खेल क्षेत्रका प्रतिष्ठित व्यक्तिहरु पनि पछिल्लो समय कोरोना संक्रमित हुँदै आएका छन् । सचिन तेंदुलकर, आमिर खान, कार्तिक आर्यन, विक्रांत मैसे, मनोज बाजपेयी, बप्पी लहरी, तारा सुतारियापछि आलिया पनि कोरोना संक्रमित भएकी छन् ।

त्यसैगरी बिग बोस फेम अभिनेत्री मोनालिसालाई पनि कोरोना पोजेटिभ देखिएको छ । उनको श्रीमान् विक्रांत सिंह राजपूतले सो कुराको पुष्टि गरेको छन् । उनका अनुसार मोनालीसालाई कोरोना पोजेटिभकाे लक्षण भने देखिएको छैन र पनि होम क्वारेन्टिनमा बसेकी छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा