शनिबार, साउन ९ २०८३
ताजा अपडेट

अस्ट्रेलियामा बाढीले जनजीवन प्रभावित, प्राकृतिक विपत घोषणा


  • आइतबार, चैत्र ८ २०७७
13.3K
SHARES

फाईल तस्बिर

अस्ट्रेलियामा बाढीले जनजीवन प्रभावित भएपछि ‘प्राकृतिक विपत’ घोषणा गरिएको छ ।

सिड्नीलगायतका ठाउँमा भारी बर्षा पछि आएको बाढीका कारण न्यू साउथ वेल्स राज्यका केही क्षेत्रमा प्राकृतिक विपत घोषणा गरिएको हो ।

विपत प्रभावित जनताको उद्धार र राहतका लागि केन्द्र र राज्य सरकारका सबै आपतकालीन निकायहरु परिचालन गरिएको छ ।

केही दिनदेखिको अविरल वर्षाले सिड्नी शहर जलमग्न छ । प्रभावित क्षेत्रका बासिन्दाहरुलाई घरबाहिर ननिस्किन र आपतकालीन सेवाका सूचनाहरुमा चनाखो हुन सुचित गरिएको छ ।

भारी वर्षाका कारण राजमार्ग तथा सडकहरु बन्द भएका छन् । न्यू साउथ वेल्समा अझै केही दिन भारी वर्षा हुने मौसमविदहरुले जनाएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा