शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

अभिनेता आमिर खानले सामाजिक सञ्जाल चलाउन छाडे


  • बुधबार, चैत्र ४ २०७७
10.7K
SHARES

फाईल तस्बिर

बलिउड अभिनेता आमिर खानले सामाजिक सञ्जाल चलाउन छाडेका छन्। यसबारे आमिर आफैले ट्विटरमार्फत जानकारी दिएको हिन्दुस्तान टाइम्सले लेखेको छ।

आइतबारदेखि ५६ वर्ष लागेका आमिरले जन्मदिनमा शुभकामना दिने फिल्म क्षेत्रका अन्य कलाकार र शुभचिन्तकलाई धन्यवाद दिँदै सोमबारदेखि सामाजिक सञ्जाल छाड्ने घोषणा गरेका हुन्।

सोमबार आमिरले ट्विटर र इन्स्टाग्राममा अन्तिम पोस्ट गरेका थिए।

साथीहरू, मेरो जन्मदिनमा मलाई दिनुभएको प्रेम र न्यानो मायाका लागि धेरै-धेरै धन्यवाद। मेरो हृदय भरिएको छ,’ उनले लेखेका थिए ‘तर सामजिक सञ्जालमा यो मेरो अन्तिम पोस्ट हुनेछ। यद्यपि म सामाजिक सञ्जालमा निकै सक्रिय व्यक्ति हुँ। त्यसैले हामी पहिले झैं सम्पर्कमा भने रहिरहनेछौं।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा