नायिका सुष्मा कार्कीे काठमाण्डौको लण्डन पब क्याफेमा आफूमाथि कुटपिट र गालीगलौज भएको भन्दै प्रहरीमा उजुरी दिन पुगेकी छिन् ।
सुष्माले आफूमाथि नायिका स्वेता खड्काकी बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले कुटपिट र गालीगलौज गरेको आरोप लगाएकी छिन् ।
नायिका सुष्मा कार्कीले आफूलाई उत्सवले गाली गलौज गरेको र आरतीले कुटपिट गरेको बताइन् । सुष्माले भनिन्–‘मसँग सबै भिडियो रेकर्डहरु छ । अब, जे बोल्छ भिडियोले नै बोल्छ ।
सुष्माले नायिका स्वेता खड्काले आफूलाई अपशब्द प्रयोग गरेको पनि भनेकी छिन् ।
तस्विरः अनलाइन खबर
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।