शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

तपेश्वर सिंहको प्रस्तुती भारतीय कमेडीसँग हुबहु मिलेपछि निकालिए


  • शुक्रबार, माघ २ २०७७
14.8K
SHARES

तस्विरः फाइल

चर्चित टेलिभिजन शो कमेडी च्याम्पियनको सिजन २ प्रशारणको तयारीमा छ। शोका लागि २४ जना प्रतिस्पर्धी छानिइसकेका छन्।

डिजिटल अडिसनमार्फत छानिएका उनीहरूको प्रस्तुती क्लिप भिडिओ सार्वजनिक भइरहेको छ। जसमा एक प्रतिस्पर्धीको प्रस्तुती भने भारतीय कमेडीसँग हुबहु मिलेपछि उनलाई हटाइएको छ।

प्रतिस्पर्धी मध्येका एक तपेश्वर सिंहको प्रस्तुती भारतीय कमेडीसँग हुबहु मिलेपछि उनलाई हटाइएको हो। उनको ठाउँमा अक्जल पूजारीलाई शीर्ष २४ मा प्रवेश दिइएको कमेडी च्याम्पियनले जनाएको छ।

सिंह गोल्डेन माइक समेत जितेर प्रतिस्पर्धामा प्रवेश गरेका थिए। उनलाई निष्काशन गरिएसँगै उनको गोल्डेल की पनि फिर्ता गरिएको छ। अरूको सिक्ने तर, सिर्जना गर्दा नितान्त व्यक्तिगत हुनुपर्ने भन्दै अरूको कन्टेन कपी गर्दा समस्या हुने च्याम्पियनले जनाएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा