बलिउड नायक सुशान्त सिंह राजपुतको निधन भएको ७ महिना भयो । गत जुन १४ मा सुशान्तको शव उनको अपार्टमेन्टमा भेटिएको थियो । उक्त पश्चात सुशान्तको निधन बारे थुप्रै अड्कलकाजीहरु लगाइएको थियो ।
सुशान्तकी प्रेमिका रिया चक्रवर्तीले केही महिना जेल जीवन बिताउनु पर्यो । सुशान्तको परिवार र उनको फ्यानहरुले उनले आत्महत्या गरेको नभई उनको हत्या भएको भन्दै छानविनको माग गरेका थिए । तर, पछि सुशान्तको निधनको बिषय ड्रग्ससँग जोडिन पुग्यो ।
तर, सुशान्तले आत्महत्या किन गरे भन्ने वास्तविकता खुलेको छैन । यसैविच, उनको निधन भएको ७ महिनापछि उनकी बहिनी श्वेता सिंह किर्तीले उनले लेखेको हस्तलिखित एक पत्र सार्वजनिक गरेकी छिन् । सुशान्तले लेखेको सो पत्रमा उनले जिन्दगीको वास्तविक खेलको बिषयमा कुरा गरेका छन् ।

तस्विरः एजेन्सी
सुशान्तले लेखेका छन्–‘मलाई लाग्छ कि मैले जिन्दगीको ३० बर्ष खर्च गरिदिएको छु । सुरुवाती ३० बर्ष केही बन्ने कोशिशमा मैले खर्च गरेँ । म हरेक कुरामा राम्रो बन्न चाहन्थेँ । म टेनिस खेलमा, स्कुलमा राम्रो बन्न चाहन्थेँ । मैले हेरक कुरालाई सोही आँखाले हेरेँ । म जस्तो छु, यो ठिक होइन । मलाई सबै कुरा राम्रोसँग त मिल्यो तर मलाई महशुश भयो कि यी सबै खेल नै गलत थियो । किनकी, सबै खेल त त्यही कुराको खोजीमा थियो जुन म पहिलेदेखि नै थिएँ ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।