गायक रेशम पुनको स्वर रहेको ‘ए मेरी जुरेली’ बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ ।
लोकपप शैलीमा तयार गरिएको गीतमा शब्द तथा संगीत रेशम पुनकै रहेको छ भने पुरुषोत्तम न्यौपानेले एरेन्ज गरेका हुन् ।
श्रीपेज टिभीले निर्माण गरेको म्युजिक भिडियोको निर्देशन प्रकाश देवकोटाले गरेका हुन् । ललितपुरका विभिन्न स्थानमा छायाँकन गरिएको गीतमा कलाकारहरु सविना राउत, दिलिप खड्का र बालकलाकार उत्सव बस्नेतको अभिनय देख्न सकिन्छ ।
केशव अधिकारीको छायाँकन, सविना राउतको कोरियोग्राफि रहेको भिडियोको सम्पादन धिरज खड्काले गरेका हुन् । गीतलाई श्रीपेजको टिभिको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । भिडियोमा निम्न वर्गको प्रेमकथा चित्रण गरिएको छ । रिसाएकी प्रेमिकालाई फकाउन मागेर ल्याएको नयाँ लुगामा ठाँटिएर नाच्न नजाने पनि जसोतसो नाच्ने एउटा प्रेमीको अथक प्रयास भिडियोमा देखाउन खोजिएको छ ।
भिडियोको बजार प्रवद्धन आवृत्ति मिडियाले गरेको हो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।