बुधबार, असार ९ २०७८
ताजा अपडेट

कसको राजनीति ? (कविता)


  • KTM Khabar
  • आइतबार, साउन ४ २०७७
13.5K
SHARES

प्रष्टित प्रश्न नै अचम्मको
सुरुमा राज अहिले नीति
पल्ला खै कसको भारी
निर्लज ति दर्शनका पाना
अनी मेरो क्षितिजको एक प्रश्न
कसको राजनीति ?

निरङ्कुस श्री तीन सरकारको त्रास्
श्रीपेचक प्रिय नरेशको आभास्
खुल्लामन्चबाट चुनौती दिनेको गर्जाहट्
अनि लोकतान्त्रिक पद्धतीका लजास्पद सजावट्
त्यो क्षणदेखी आजसम्मको कुटनीति
र मेरो त्यही अन्योल्पूर्ण प्रश्न

कसको राजनीति ?
आखिर के भन्दै छन सबै
भ्रष्ट कुबिचारका मन्थन चल्दैछ अरे
भाग मेरो कती भन्ने सुसारे
उन्नती उन्मुख वार्तामा पदकिन्दै छ अरे
स्वतन्त्र नागरिक सदैव यहाँ अल्लारे
अनी मजस्ता कठै वरी जनताका प्रश्न
कसको राजनीति ?

-शुभम प्र. श्रेष्ठ
-website: www.shuvam.info.np
-Twitter: /szpradhan
-Instagram: r_zen1


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा