काठमाडौँ ।
बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ३, बूढानीलकण्ठमा रहेको हिमालय बोर्डिङ्ग हाई स्कूलको आयोजनामा ‘दोश्रो हिमालय सिंगिंग एण्ड डान्सिङ्ग आइडल’ सम्पन्न भएको छ ।
फाल्गनु १६ गते शुक्रबार स्कूलको प्रांगण बूढानीलकण्ठमा भव्य कार्यक्रमको आयोजना गर्दै सिंगिंग एण्ड डान्सिङ्ग आइडल सम्पन्न गरिएको हो ।
विभिन्न छनोट चरणमा विजयी हुँदै शुक्रबार भएको ग्राण्ड फिनालीमा सिंगिंग आइडलतर्फ १० जना विद्यार्थीको सहभागिता रहेको थियो भने डान्सिङ्ग आइडलतर्फ १५ विद्यार्थीको सहभागिता रहेको विद्यालयले जनाएको छ ।
गायनक राज सिग्देल तथा कोरियोग्राफर, मोडल एवं निर्देशक पवित्रा आचार्यको निर्णायक भुमिका रहेको उक्त प्रतियोगितामा निर्णायक द्धयले लाईभ कमेन्ट मार्फत विद्यार्थीहरुलाई हौसला तथा सुझाब दिएका थिए । जुन कार्यक्रमको थप आकर्षण पक्ष बनेको थियो ।
सिंगिंग आइडलतर्फ कृतिका मगर प्रथम भएकी छिन् । मनिशा सिंह दोश्रो र अम्बलिका तामाङ तेश्रो भएकी छिन् ।
डान्सिङ्ग आइडलतर्फ युनिका दुलाल प्रथम भएकी छिन् भने स्नेहा गैरे दोश्रो र अम्बलिका तामाङ तेश्रो भएकी छिन् ।
विजयी प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीलाई क्रमश १० हजार, ८ हजार, ६ हजार नगद सहित ट्रफी, प्रमाण–पत्रद्धारा पुरस्कृत गरिएको थियो ।
बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ३ का वडाअध्यक्ष बालकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा विद्यालय टिम, अभिभावक, विद्यार्थी लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडाअध्यक्ष श्रेष्ठले प्रतियोगिताबाट विद्यार्थीहरुले आफ्नो व्यक्तित्वलाई थप निखारता प्रदान गर्ने भन्दै विद्यालयमा यि र यस्ता प्रतियोगितात्म कार्यक्रम आवश्यक रहेको बताएका थिए । वडाको पतिनिधित्व गर्ने अन्तराष्ट्रिय कार्यक्रममा हिमालका विद्यार्थीहरुलाई समेत सिफारिश गरेर लैजाने अध्यक्ष श्रेष्ठले प्रतिवद्धता व्यक्त गरेका थिए ।
चौतर्फी विकासका निम्ति विद्यालयले विद्यार्थीहरुलाई केन्द्रविन्दुमा राख्दै विभिन्न ईसिय तथा सिसिएका गतिविधिहरु गर्दै आएको छ जसको निरन्तरता स्वरुप दोश्रो हिमालय सिंगिंग एण्ड डान्सिङ्ग आइडलको आयोजना गरिएको प्रिन्सिपल खेमराज घिमिरेले बताए ।
बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म चलेको उक्त प्रतियोगितालाई बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ३ तथा विभिन्न संस्थाले प्रायोजन गरेका थिए ।
सोही प्रतियोगितामा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले हिमालय बोर्डिङ्ग हाई स्कूलका अध्यक्ष डोल राज बस्यालसंग स्थलगत सम्वाद गरेका छन् । प्रूस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः
थप तस्विरः
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।