शनिबार, कार्तिक २२ २०८३
ताजा अपडेट

अष्टलक्ष्मी शाक्य भन्छिन केक काट्ने संस्कृति नेपालीको हैन


  • बिहिबार, फाल्गुन १५ २०७६
17.5K
SHARES

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले जन्मदिनमा केक नकाट्न नेकपा कार्यकर्तालाई आग्रह गरेकी छन् ।

नेकपाको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा उनले केक काट्ने संस्कृति नेपालीको नभएको बताइन् ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित कार्यक्रममा उनले प्रश्न गरिन् ‘नेपालको नक्साको केक बनाएर चिरा पार्ने संस्कार कहाँबाट आयो ?’

केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मदिनको अवसरमा नेपाली नक्शा आकारको केक काटेका थिए । शाक्यले उक्त घटनालाई लक्षित गर्दै कम्युनिस्ट पार्टीका नेता कार्यकतामा सामन्ती संस्कार देखिनु चिन्ताजनक भएको बताइन् । सत्तामा बसेर पार्टीका नेताहरु लेनदेनमा संलग्न हुनु गलत भएको नेतृ शाक्यको भनाई थियो ।

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा