शनिबार, साउन ९ २०८३
ताजा अपडेट

कर्सांग शेर्पाको दिल बस्यो सार्बजनिक (भिडियो)


  • बिहिबार, फाल्गुन ८ २०७६
24.3K
SHARES

काठमाडौँ ।
गायक कर्सांग शेर्पाले आफ्नो पहिलो गित दिल बस्यो सार्बजनिक गरेका छन् । पछिल्लो समय अमेरिकामा बस्दै आएका गायक शेर्पाको दिल बस्यो गीतको म्युजिक भिडियोसहित सार्बजनिक गरेका हुन् ।
नेपाली गित, संगीत र कलालाई अत्याधिक माया गर्ने गायक शेर्पाले नेपालमा रहँदानै हिजोआजका कुरा लगायत बहुचर्चित कार्यक्रममा बिशेष भूमिका निभाइ सकेका छन् ।
आजसम्म पनि नेपाली संगीत प्रतिको त्यहि माया र मोहले तानेर ढिलै भएपनि गित निकालेको गायक शेर्पा बताउछन् । म्युजिक नेपालको युट्युब च्यानलबाट अपलोड गरिएको उक्त गीतको म्युजिक भिडियोमा अहिलेकी चर्चित नायिका वर्षा सिवाकोटीसंगै गायक कर्सांग शेर्पा स्वयंको अभिनय हेर्न सकिनेछ ।
बिक्रम थापाको संगीत एबं गणेश सुबेदीको रचना रहेको उक्त गीतको म्युजिक भिडियोलाई जीवन शाहीले निर्देशन गरेका छन् । भिडियोमा सरल प्रेम कहानी देखाईएको छ ।
गित र म्युजिक भिडियो दुवै मार्फत नेपाली कला संस्कृतिलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको बताउने गायक शेर्पाले आफ्नै अबधारणामा भिडियो छायांकन गरिएको बताउछन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा