शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

गायक डोटेलको नयाँ गीत ‘कस्तो नसालु हेराइ’ सार्वजनिक, कृष्ण र अन्जुको अब्बल अभिनय (भिडियो)


  • बुधबार, साउन १५ २०७६
35.5K
SHARES

उदियमान कलाकार मोडल तथा एक्टर कृष्ण के बोहराको अभिनय रहेको गित सार्वजनिक भएको छ ।
गत आइतबार सार्वजनिक भएको गित ‘कस्तो नसालु हेराइ तिम्रो एकै नजरले लुट्यो’ नामक गित सार्वजनिक सङ्गै बजारमा राम्रो प्रतिक्रिया पाइरहेको छ। यस भिडियोमा मोडल अन्जु चौलागाईंले साथ दिएकी छन । ओएसआर डिजिटल मिडियाले सार्वजनिक गरेको गितको गायन अहिलेका चर्चित गायक रुपक डोटेलको रहेको छ भने संगीत मनोज चौलागाईंले गरेका हुन ।

गितकार बिबि थापाको लेखनमा रहेको उक्त गितले युवा पुस्ताको भावना समेटेको छ ।
। राम्रो भ्युज बटुल्न सफल यस गित युवा पुस्ताले धेरै मनपराइरहेका छन । अभिनय क्षमता अब्बल भएका कृष्ण के बोहरा छोटो समयमा नै उत्कृष्ट प्रस्तुति दिइरहेका छन । चलचित्र प्रसाद मार्फत अभिनय यात्रा प्रारम्भ गरेका उनी अभिनयमा अब्बल छन , हाल प्रकाशित म्युजिक भिडियो कस्तो नसालु हेराइमा देख्न पाइन्छ ।

कान्छी पातली ,आउ मेरा पोइला, मीठो मीठो खाउली काखमै बसौली उनले अभिनय गरेको पहिलो म्युजिक भिडियो हो त्यसयता उनले अन्य थुप्रै भिडियोमा काम गरेका छन ।
हामी सगको कुराकानिमा उनले गित सार्वजनिक भएको थोरै समयमा नै भ्युज राम्रै बढिरहेकोले आफू उत्साहित भएको बताए । आगामी दिनमा अर्को म्युजिक भिडियो लिएर आउने उनले बताए । तर उनी कुन म्युजिक भिडियोमा देखिने छन त्यो भने उनले खुलाएनन् ।

हेर्नुहोस कस्तो नसालु हेराइ तिम्रोको भिडियोः


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा