काठमाडौँ ।
गायक अशोक सिवाले ‘कान्छि’को सफलता पछि आफ्नो नयाँ गीत ‘सानु’ सार्वजनिक गरेका छन् । सिवाकै स्वर तथा संगीतमा ‘सानु’ सार्वजनिक गरेका हुन् ।
गीतमा विकासजंग न्यौपानेको शब्द र गोपाल रसाईलीको एरेन्ज रहेको छ ।
ओएसआर डिजिटलको युटुब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतमा पछिल्लो युवा पुस्ताको प्रेमलाई झल्काइएको गायक सिवा भन्छन् ।
गीतको म्युजिक भिडियोमा सारा सिर्पाली, रियाज आचार्य, मौसम खड्का, विकासजंग न्यौपानेको अभिनय रहेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।