
गुरुङ जातीहरुको चलचित्र ‘स्यूरु’ अषाढ ७ बाट सिनेमा हलहरुमा आउने भएको छ ।
सामाखुशीमा रहेका मगर हाउसमा जेठ २२ गते पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराईएको हो ।
चलचित्र स्युरुलाई सोम गुरुङले लेखन तथा निर्देशन गरेका छन् ।

विवेक गुरुङ र जुना गुरुङको मुख्य अभिनय रहेको उक्त चलचित्रमा नवीन गुरुङ,अनुशा गुरुङ साथै चरित्र कलाकारहरुमा डिबि गुरुङ,रेशम गुरुङ,सुसन गुरुङ,मीन बहादुर गुरुङ,धनसुब्ब गुरुङ को अभिनय देख्न सकिन्छ।
स्वस्ती फिल्मस् प्रा.लि. को प्रस्तुति रहेको उक्त चलचित्रलाई खिम बहादुर गुरुङले छायाङ्कन तथा सम्पादन गर्नुभएको छ भने कोरियोग्राफरमा लब्सन गुरुङ र गणेश गुरुङ तथा श्रङ्गारमा सर्मिला गुरुङ रहनु भएको छ। कास्किको नागिधार गाउँमा छाँयाङ्कन गरिएको सो चलचित्रलाई जित बहादुर गुरुङ (म्याडी) युबराज गुरुङ, नौ जंग गुरुङ,सुर्य बहादुर गुरुङ लागयतले लगानी गर्नुभएको छ।बिकाश क्रोम्छे गुरुङको कार्यकारी निर्माण रहेको उक्त चलचित्रमा २५ लाखको लगानी रहेको छ।त्यस्तैगरि चलचित्रका सम्पुर्ण पोस्टको कार्य भने मुनाल फिल्मस् प्रा.लि.मा भएको छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।