शनिबार, साउन ३० २०८३
ताजा अपडेट

विप्लबलाई प्रतिबन्ध लगाउनु सरकारको फाँसीबादी चरित्र : बैध


  • बुधबार, फाल्गुन २९ २०७५
39.4K
SHARES

नेकपा (क्रान्तिकारी माओवादी)ले नेत्र विक्रम चन्द विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाउनु निन्दनीय भएको बताएको छ ।

अध्यक्ष मोहन बैद्य किरणको अध्यक्षतामा बसेको बैठकको निर्णय सार्वजनिक गर्दै क्रान्तिकारी माओवादीले भनेको छ, ‘आफूलाई कम्युनिस्ट भनाउने सरकारद्वारा एउटा कम्युनिस्ट समूहमाथि गरिएको फासिवादी व्यवहार निन्दनीय छ ।’

सरकारको निर्णयको कडा विरोध तथा भत्र्सना गर्दै क्रान्तिकारी माओवादीले राजनीतिक समस्याको समाधान राजनीतिक रुपमै गर्नुपर्ने बताएको छ । साथै धरपकड गर्ने तथा यातना दिने कामलाई अविलम्ब रोकी प्रतिबन्ध फिर्ता लिन सरकारसँग माग गरेको छ ।

सरकारले मंगलबार साँझ मात्रै विप्लव समूहलाई अपराधिक ठहर गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा