आदरणिय बूढानीलकण्ठ निबासी नगरपालिकाका नगर प्रमुख तथा बूढानीलकण्ठ नगर भित्र स्थापित राजनीतिक पार्टीका नेता, कार्यकर्ता र जनप्रतिनिधि ज्युहरु,
हाम्रो नगरपालिका भित्र १३ वटै वडामा धेरै प्रति बगर सटल मठ–मन्दिर जस्ता सार्वजनिक जग्गा थुप्रै भएको सारा नगर बासिन्दाहरुलाई थाहा भएकै कुरा हो।
प्रति बगर, सटल, मठ–मन्दिरको सार्वजनिक जग्गा सरक्षण गर्न पहिलो नगर भित्र रहेको नगर प्रमुख राजनीतिक पार्टीका नेता कार्यकर्ताबाट नै प्रती बगर, मठ–मन्दिरसंग जोडिएको जग्गाबाट नै प्रती जग्गा सरक्षण गर्न नाप जाँच सुरु गर्नु पर्छ ।
अहिलेको जनताको जनआवाज माग नगरपालिकाले जनप्रतिनिधि नेताहरूको घर जग्गा अगाडिकोको प्रति बगर नाप जाँच नगर्ने र सर्वसाधारण जनताले भोगचलन गरेकोे घर जग्गाको अगाडि मात्रै जग्गा प्रति बगर नापजाँच गर्ने प्रति सरक्षण गर्नु पर्यो भनेर जनप्रतिनिधि राजनीतिक दलका नेताहरू ठुलो आवाजमा कराउने गरेको भन्ने जन आवाज रहेको छ ।
जनप्रतिनिधिहरु तथा नेता कार्यकर्ताहरुले पहिलो आफ्नो घर जग्गा अगाडिको प्रति जग्गा नापजाँच अनिवार्य गराउनु पर्छ ।
पहिलो जनप्रतिनिधि र नेताकार्यकर्ताले प्रती जग्गा बगर नगरपालिका नाप शाखाबाट नापजाँच गराई प्रती जग्गा प्रमाणित गरि प्रति जग्गा छोडनु पर्छ।
आफु प्रति जग्गा बगर नछाड्ने भोगचलन गर्ने घर बनाउदा २, ४ फिट मिच्ने अनि जनताको अगाडि ठुलो स्वरले कराउने लाज सरम नभएकोहरुलाई बुढानीलकण्ठ नगरपालिका तथा पार्टीले एक्सन लिनुपर्छ ।
आफ्नो घर जग्गा अगाडिको प्रती बगर जग्गा नापजाँच गराउन सबै नेताकार्यकर्ताहरुले हिम्मत गर्न सक्नु पर्छ र नापी सके पछि प्रती बगर आफुले मिचेको छ भने छोडनु पर्यो अनि मात्रै प्रती बगर सरक्षण हुन्छ ।
नत्र नेताकार्यकर्ताले सोझो निमुखा गरिब जनताको घर जग्गा अगाडिको प्रती बगर मात्र देख्ने भयो र जनताले नेताकार्यकर्ताको घर जग्गा अगाडिको मात्रै प्रती बगर जग्गा देख्ने भयो।
नेता कार्यकर्ताको र जनताको प्रती सरक्षणको दोहोरीले प्रति बगर, जग्गा सरक्षण हुदैन । अब नगरपालिकाले नेता कार्यकर्ता, जनप्रतिनिधिबाट नै प्रती जग्गा बगर छुट्टाउने अभियान चलाउ र प्रति जग्गा सरक्षण गरौं ।
– लेखक भाई नारायण श्रेष्ठ बूढानीलकण्ठ नगरापलिका वडा नम्वर १३, चुनिखेल स्थित नेपाल कम्युनिष्ट पार्टी नेकपाका युवा नेता हुन् ।