शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

क्रोएसियाद्वारा २४ रुसी कूटनीतिज्ञ तथा कर्मचारीलाई देश छाड्न आदेश


  • मंगलबार, चैत्र २९ २०७८
11.2K
SHARES

फाइल तस्विर

क्रोएसियाले आफ्नो देशमा रहेका २४ रुसी कूटनीतिज्ञ तथा कर्मचारीलाई तत्काल देश छाड्न आदेश दिएको छ। रुसले छिमेकी मुलुक युक्रेनमाथि आक्रमण गरेको र विश्वका धेरै देशहरूले त्यसको विरोध गरिरहेका बेला क्रोएसियाले आफ्नो देशमा रहेका रुसी अधिकारीहरूलाई देश छाड्न आदेश दिएको हो।

युरोपेली, अमेरिकी लगायतका धेरै देशले आफ्नो मुलुकभित्र रहेका रुसी अधिकारीलाई देश निकाला गर्दै आएका छन्। रुसी अधिकारीहरूले आफ्नो देशमा रहेर कूटनीतिक मर्यादा विपरितका क्रियाकलाप गरेकाले उनीहरूलाई देश निकाला गर्नु परेको ती देशका अधिकारीले जनाएका छन्।

क्रोएसियाले देश छाड्न आदेश दिएका २४ रुसी अधिकारीहरू मध्ये १८ जना रुसी कूटनीतिज्ञ रहेका छन् भने बाँकी छ जना कर्मचारी रहेका छन्। युक्रेनमाथि युद्ध अपराध नगर्न आग्रह गर्दै आएकोमा रुसले आफूलाई नसुधारेको क्रोएसियाका अधिकारीहरूको भनाइ छ।

रुसले गत फेब्रुअरी २४ देखि युक्रेनमाथि आक्रमण गरिरहेको छ भने आक्रमणका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। साथै विश्व अर्थतन्त्र र राजनीतिमा समेत यसले नकारात्मक असर परेको छ। रासस


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा