शनिबार, साउन ९ २०८३
ताजा अपडेट

संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदबाट रुस निलम्बित


  • शुक्रबार, चैत्र २५ २०७८
10.5K
SHARES

फाइल तस्विर

संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदबाट रुस निलम्बित भएको छ । रुसलाई मानवअधिकार परिषदबाट  निलम्बन गर्ने पश्चिमा प्रस्तावमा बिहीबार महासभामा भएको मतदानमा दुई तिहाइभन्दा बढी मत प्रस्तावको पक्षमा परेपछि रुस निलम्बित भएको हो ।

मतदानमा ११७ देश सहभागी भएकामध्ये प्रस्तावको पक्षमा ९३ र विपक्षमा २४ मत परेको थियो । ५८ सदस्य मतदानमा सहभागी भएनन् । निलम्बन प्रस्ताव पारित गर्न खसेको मतको दुई तिहाइ मत आवश्यक हुन्छ ।

यो निलम्बन एक कार्यकालका लागि मात्र लागु हुनेछ । रुसको सदस्यता २०२३ मा सकिँदैछ । त्यसपछि रुसले फेरि मानवअधिकार परिषद्को सदस्यताका लागि आवेदन दिन सक्छ ।

यसअघि सन् २०११ मा लिबिया निलम्बित भएको थियो ।युक्रेन, अमेरिका, बेलायत, अस्ट्रेलिया, जापानलगायत ९३ देशले रुसलाई निलम्बन गर्ने पक्षमा मतदान गरे ।

रुस, चीन, बेलारुस, उत्तर कोरिया, भियतनाम, इरान, सिरियालगायत २४ देशले विपक्षमा मतदान गरेका थिए । नेपाल, भारत, बंगलादेश, भुटान, माल्दिभ्स, पाकिस्तान, श्रीलंकालगायत ५८ देश अनुपस्थित रहे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा