शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

रुसी सेनाले दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा खराब अपराध गर्यो : जेलेन्स्की


  • बुधबार, चैत्र २३ २०७८
11.9K
SHARES

फाइल तस्विर

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा खराब अपराध गरेको आरोप लगाएका छन् । संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्लाई सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले रुसी सेनाले मनोरञ्जनका लागि मानिसहरुको हत्या गरेको आरोप लगाए ।

उनले रुसी टङ्याकले मानिसहरुलाई किचेको समेत जनाएका छन । रुसी सेना युक्रेनी राजधानी किभ मोर्चाबाट पछि सरेपछि हाल किभ आसपासका बुचाा, इरपिनजस्ता शहरमा शरिरका विभिन्न अंगमा घाउ लागेका मानिसहरुको शव फेला परेका छन् ।

रुसी फौजले गैरन्यायिनक हत्या गरेको ठानिने ती शव फेला परेयता रुसको चौतर्फी निन्दा भइरहेको छ । सुरक्षा परिषदमा भिडियो लिंकमार्फत आफ्नो भाषणपछि जेलेन्स्कीले मृत युक्रेनीहरूको तस्बिर तथा भिडियो देखाएका थिए । ‘रूसी सेनाले हाम्रो देशको सेवा गर्ने जो कोहीलाई खोजी  खोजी र जानाजानी मार्‍यो’ उनले भने ।

यता संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत भासिली नेबेन्जियाले रुसी सेनाले अत्याचार गरेको कुनै प्रमाण नभएको दाबी गरेका छन् ।‘हामीले फेरि एक पटक रुसी सैनिक र सेनाको बारेमा ठूलो मात्रामा झुठ सुनेका छौं’ उनले भने ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा