लण्डनमा पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफमाथि हमला भएको छ । अज्ञात व्यक्तिले नवाजको कार्यालय अगाडि उनीमाथि फोन फ्याँकेका छन् । हमलामा उनका बडीगार्ड घाइते भएका छन् ।
यो हमलाका लागि नवाजकी छोरी मरियम नवाजले पाकिस्तानका वर्तमान प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरिक–ए–इंसाफ (पिटिआई) लाई जिम्मेवार बताएको छ ।
मरियमले ट्वीट गरेकी छिन्, ‘पिटिआईका जुन व्यक्ति हिंसाको सहारा लिन्छन् वा कानुनलाई आफ्नो हातमा लिन्छन्, उनीहरुलाई पक्राउ गर्नुपर्छ । इमरान खानलाई देशद्रोहका लागि पक्राउ गर्नुपर्छ । यीमध्ये कोही पनि माफीका लायक छैनन् ।’
उनले अर्को एउटा ट्वीटमा भनिन्, ‘इमरान खान आज जे पनि गरिरहेका छन्, त्यो उनीविरुद्ध डोजियर र चार्जशिटमा जोडिनेछ । यो सूची लामो हुँदै गइरहेको छ । उनले आफू र आफ्ना जनताका लागि समस्या र दुःखलाई निम्तो दिइरहेका छन् । पत्रकार सम्मेलनमा उनले जे भने त्यो उनले भोग्नुपर्छ । ’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।