एक व्यक्तिले केवल १६ सेकेण्डको लागि मास्क खोल्दा २ हजार पाउण्ड करिब ३ लाख २३ हजार नेपाली रुपैयाँ बराबरको जरिवाना लगाइएको दाबी गरेका छन् । सुन्दै अनौठो लाग्ने यो घटना इंगल्याण्डको हो ।
क्रिस्टोफर ओटुले नाम गरेका ती व्यक्तिले इंगल्याण्डको प्रेस्कटमा बीएण्डएममा समग्री खरिद गर्दा मास्क लगाएका थिए। तर, स्वास्थ्य अवस्था ठीक नभएको महसुस भएपछि केही सेकेण्डको लागि मास्क मुखबाट हटाएका थिए । त्यसै क्रममा प्रहरीले देखेपछि उनलाई उक्त जरिवाना काटिएको भनिएको छ।
स्टोरमा रहेका एक प्रहरीले उनीसँग गएर मास्क नलगाएको भन्दै जरिवाना काटिदिए।लिभरपुलइको अनलाइन न्युज पोर्टलका अनुसार सुरुमा उनलाई १ सय पाउण्ड जरिवाना गरिएको थियो।
तर, उनले इमेलमा स्पष्टीकरण दिँदै जरिवाना तिर्न अस्वीकार गरे। त्यसपछि उनलाई अर्को एक पत्र पठाइयो। जसमा उनको जरिवाना बढाइएको थियो।
क्रिस्टोफरले उक्त जरिवाना बराबरको आम्दानी आफ्नो समग्र एक महिनामा पनि नहुने बताएका छन्। अहिले यो मुद्दा बेलायतको अदालतमा पुगेको छ र अदालती प्रक्रिया चलिरहेको खवरहरुमा उल्लेख छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।