युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले आफ्ना दुई उच्च पदस्थ जर्नेलहरुलाई बर्खास्त गरेका छन्। जेलेन्स्कीले ती जर्नेलहरुलाई ‘देशद्रोही’ घोषणा गर्दै पदबाट हटाएका हुन्।
हटाइएकामध्ये एक जर्नेल खेर्सन क्षेत्रका सुरक्षा प्रमुख क्रिभोरुच्को सेर्गेइ अलेक्सान्द्रोभिच छन्। सो क्षेत्र आक्रमण गरेलगत्तै रुसले कब्जा गरेको थियो।
त्यस्तै बर्खास्त अर्का जर्नेल नाउमोव आन्द्रेइ ओलेओभिच हुन्। उनी युक्रेनको आन्तरिक सुरक्षा सेवा प्रमुख थिए।
‘सबै देशद्रोहीलाई तह लगाउने फुर्सद मलाई छैन,’ जेलेन्स्कीले उनीहरुलाई हटाउँदै भनेका छन्, ‘तर, बिस्तारै ती सबैलाई सजाय दिइनेछ।’
उनीहरुले शपथ कायम नराखेको आरोप जेलेन्स्कीले लगाए। तर, ती जर्नेलहरुले के गरे भन्ने चाहिँ उनले खुलाएका छैनन्। एजेन्सी
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।