शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

जब मिसाइल छोड्न किम जोङ उन ‘दबंग स्टाइल’ मा कालो ज्याकेट लगाएर निस्किए…


  • शनिबार, चैत्र १२ २०७८
14.4K
SHARES

काठमाडौं । उत्तर कोरिया जति रहस्यले भरिएको छ त्यति नै धेरै रहस्यले भरिएका छन् उक्त देशका सर्वाेच्च नेता किम जोङ उन । उनी विभिन्न समयमा अनौठा गतिविधि गरेर चर्चामा छाइरहन्छन् ।

घरि मोटोबाट दुब्लाएको फोटो सार्वजनिक गरेर होस् त कहिले अनेक अनेक हर्कतका कारण उनी प्राय चर्चामै रहने गर्दछन् । अहिले सार्वजनिक भएको तस्वीरमा भने उनी फिल्मी शैलीमा प्रस्तुत भएको देखिन्छ ।

कालो छालाको ज्याकेट र कालो चस्माका साथ दायाँ बायाँ सुरक्षाकर्मीसँग अघि बढिरहेको देखिने उनी कुनै हलिउड तथा बलिउडका नायकजस्तै देखिन्छन् ।

विभिन्न सञ्चारमाध्यममा उत्तर कोरियाले अहिलेसम्मकै ठूलो अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको भनेर भनिरहेको अवस्थामा यो फोटो सार्वजनिक भएको छ । अझ भनौँ क्षेप्यास्त्र परीक्षणभन्दा पनि किमको स्टाइलले मानिसको ध्यान खिचेको छ ।

विगतका तस्वीरमा निकै गम्भीर र विजयी मुद्राका साथ उपस्थित हुने किम यसपालि भने कुनै हलीउड÷बलिउड चलचित्रको नायकको शैलीमा प्रस्तुत भएका छन् । किमको उक्त नयाँ लुक्सलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले बलिउड चलचित्रहरूको नायकसँग तुलना गरेका छन् । जहाँ किम दबांग स्टाइलमा अघि बढिरहेको जस्तो देख्न सकिन्छ ।

उत्तर कोरियाली सेन्ट्रल टेलिभिजनले दर्शकहरूलाई देखाएको १५ मिनेटको भिडिओमा किमको नयाँ लुक्स देखाएको छ । भिडियोमा किम कुनै फिल्मी स्टाइलमा उपस्थित भएर कालो ज्याकट र कालो चस्मा पुछिरहेको दृश्य देख्न सकिन्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा