आइतबार, कार्तिक ३० २०८३
ताजा अपडेट

‘युक्रेनमा आक्रमण असफल भएको आरोप लागेपछि रुसी रक्षामन्त्रीलाई हृदयघात’


  • शनिबार, चैत्र १२ २०७८
15.7K
SHARES

किभ : युक्रेनका गृहमन्त्रीका सल्लाहकारले रुसी रक्षामन्त्री सर्गेई शोइगुलाई हृदयघात भएको दाबी गरेका छन्। शोइगु मार्च ११ यता सार्वजनिक रूपमा देखिएका थिएनन्। २४ मार्चमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एउटा भिडियो सार्वजनिक गरेका थिए। उक्त भिडियोमा रक्षामन्त्री देखिएका थिए।

युक्रेनका आन्तरिक मन्त्रीका सल्लाहकारले फेसबुकमा लेखेका छन्, ‘युक्रेनमा रुसको आक्रमण असफल भएको पुटिनले आरोप लगाएपछि रुसी रक्षामन्त्रीलाई हृदयघात भएको छ।,’ रक्षामन्त्रीको अहिले अस्पतालमा उपचार भइरहेको उनले लेखेका छन्। उक्त आरोपको पुष्टि भने रूसी पक्षबाट गरिएको छैन।

यसअघि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो भिडियो सम्बोधनमा भनेका थिए, ‘उनीहरू भन्छन् कि रुसका रक्षामन्त्री कतै बेपत्ता छन्।’ युक्रेनी सेनाको प्रशंसा गर्दै जेलेन्स्कीले भने कि रुसी आक्रमणकारीहरूलाई युक्रेनी सैनिकले कडा प्रहार गरेका थिए जसको कारण उनीहरूलाई ठूलो क्षति पुगेको छ। बीबीसी

जेलेन्स्कीले भने- हाम्रा वीर सैनिकहरूले ‘शत्रुलाई आँधी नआए पनि समुद्र शान्त हुँदैन भन्ने देखाएका छन्’

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले आक्रमणकारी रुसी सेनालाई शक्तिशाली धक्का दिएको दाबी गरेका छन्। हाम्रा वीर सशस्त्र सैनिकहरूले शत्रुलाई शक्तिशाली धक्का दिएका छन्। उनीहरूतर्फ उल्लेख्य क्षति भएको छ,” रात्रिकालीन सम्बोधनका क्रममा जेलेन्स्कीले भने।

उनले युक्रेनमा आक्रमण सुरु भएयता १६,००० रुसी सेनाले ज्यान गुमाएको दाबी गरे पनि रुसले आफ्ना १,३५१ सैनिकको मृत्यु भएको बताएको छ।
म हाम्रा रक्षकहरूप्रति आभारी छु जसले आक्रमणकारीलाई आँधी नआए पनि समुद्र शान्त हुँदैन भन्ने देखाएका छन्, जेलेन्स्कीले भने।

रुसी कदमसँग प्रतिरोध गरेर हाम्रा रक्षकहरूले रुसी नेतृत्वलाई वार्ता जरुरी छ भन्ने सन्देश दिएका छन्। उनले मारिऊपोलमा दशौँ हजार मानिसहरू खाना, पानी र न्यानोको अभावमा फसेको भन्दै उनीहरूको अवस्था भने खराब हुँदै गएको उल्लेख गरेका छन्।

“त्यो सहरको अवस्था दुःखद छ साँच्चिकै दुःखद। रुसी सेनाले त्यहाँ कुनै पनि मानवीय सहायता लैजान दिएको छैन,” जेलेन्स्कीले भने मारिऊपोलमा रुसी आक्रमणमा परेको एउटा नाटकघरमा झन्डै ३०० जनाको मृत्यु भएको एक सरकारी अधिकारीले बताएका छन्। रुसले आक्रमण गर्दा उक्त भवनमा सयौँ मानिसहरूले आश्रय लिइरहेका थिए। तर रुसले त्यहाँ आफूले आक्रमण नगरेको दाबी गरेको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा