शनिबार, साउन ३० २०८३
ताजा अपडेट

अमेरिकी कूटनीतिज्ञलाई रुसबाट लखेट्ने पुटिनको चेतावनी !


  • बिहिबार, चैत्र १० २०७८
12.1K
SHARES

फाइल तस्विर

रुस युक्रेन युद्धमा पश्चिमा मुलुकहरू विसेस अमेरिका युक्रेनको पक्षमा देखिन्छ । रुसी राष्ट्रपति पुटिनले युद्ध अपराध गरिरहेको अमेरिकी राष्ट्रप्रमुख बाइडेनको ठहर छ । अमेरिकाले पछिल्लो चरण अमेरिका बाट रुसका कूटनीतिज्ञलाई हटाउने निर्णय गरे सँगै रुसले पनि अमेरिकन कूटनीतिज्ञलाई आफ्नू मुलुक बाट हटाउने चेतावनी दिएको छ ।

अमेरिकाले रुसी कूटनीतिज्ञलाई हटाउने निर्णय गरेपछि रुसले बदलास्वरूप धेरै अमेरिकी कूटनीतिज्ञहरूलाई आफ्नो देशबाट लखेट्ने बताएको हो । । गत महिना, संयुक्त राज्य अमेरिकाले राष्ट्रिय सुरक्षा चिन्ताको कारण न्युयोर्कस्थित संयुक्त राष्ट्र नियोगबाट रुसी कूटनीतिज्ञहरूलाई निष्कासन गरेको थियो।

पछि अमेरिकाले संयुक्त राष्ट्र संघमा एक अतिरिक्त रुसी कूटनीतिज्ञलाई जासूस भएको दाबी गर्दै निष्कासन गरेको थियो।

सोमबार, रुसका लागि अमेरिकी राजदूत जोन सुलिभानलाई बोलाइएको थियो। रुसको विदेश मन्त्रालयले राष्ट्रपति जो बाइडेनलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘युद्ध अपराधी’ भनेर बोलाएकोमा विरोध गरेको थियो।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले रुसी विदेश मन्त्रालयबाट मार्च २३ मा ‘पर्सोना नन ग्रेटा’ घोषित कूटनीतिज्ञहरूको सूची प्राप्त गरेको बताए। ‘पर्सोना नन ग्रेटा’को अर्थ कुनै व्यक्तिलाई रूसमा स्वागत छैन, न त उसलाई रूसमा स्वीकार गरिनेछ भन्ने हुन्छ।

यो आदेशबाट कति अमेरिकी कूटनीतिज्ञहरू प्रभावित हुनेछन् र उनीहरूलाई रुसबाट कहिले निष्कासन गरिनेछ भन्ने स्पष्ट छैन। बीबिसी


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा