शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

चीनले लियो यस्तो अडान


  • बुधबार, चैत्र ९ २०७८
8.4K
SHARES

चीनले पाकिस्तानलाई उसको सार्वभौमसत्ता, स्वतन्त्रता तथा भौगोलिक अखण्डताको पक्षमा पूरा साथ दिने प्रतिवद्धता व्यक्त गरेको छ।

पाकिस्तानको एकदिने भ्रमणमा इस्लामावाद पुगेका चिनियाँ विदेशमन्त्री वाङ यीले योसँगै आफूले इस्लामिक मुलुकहरुसँग सहकार्य गर्न र सबैको सार्वभौमसत्ता र स्वतन्त्रताको पक्षमा सहकार्य गर्न चाहेको बताएका हुन्।

चिनियाँ विदेशमन्त्री यीले चीन र पाकिस्तान व्यवहारिकतामा आफ्नो सामरिक सहयोग अगाडि बढाउन प्रतिवद्ध रहेको बताए।

पाकिस्तानी विदेशमन्त्री शाह महम्मुद कुरैसीसँगै संयुक्त रुपमा पत्रकारहरुसँग कुरा गर्दै उनले कोभिड १९ महामारीपछिको यो पहिलो विदेश यात्रामा कुरैसीसँग द्वीपक्षीय सम्बन्धबारे गहन र व्यापक छलफल भएको बताए।

समाचार एजेन्सीहरुका अनुसार विश्वमा उथलपुथल र चुनौती बढेको बेला चीन र पाकिस्तानबीच रणनीतिक छलफल तीव्र हुनुपर्ने र पाकिस्तानी जनताको साझा भविष्यसँगै क्षेत्रीय शान्ति र समृद्धिका लागि उनीहरुको सम्बन्ध प्रगाढ हुनुपर्ने मन्त्री वाङले बताए।

चीन–पाकिस्तान सम्बन्धलाई सुदृढ बनाउन एकले अर्कालाई सहयोग गर्नुपर्ने भन्दै मन्त्री वाङले अन्तर्राष्ट्रिय परिस्थितिमा जस्तोसुकै परिवर्तन आए पनि चीनले पाकिस्तानसँगको मित्रताको पक्षमा उभिने र पाकिस्तानी जनताले आफ्नो राष्ट्रिय परिस्थितिअनुरुप विकासको मार्ग रोज्दा समर्थन गर्ने बताए।

पाकिस्तानलाई उसको सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय अखण्डतामा आफ्नो पूरा समर्थन रहने पनि उनले बताए। पाकिस्तानका सबै दलहरुसँग मुलुकको विकास र स्थायित्वका लागि आपसमा एकजुट हुन पनि उनले आग्रह गरे।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा