शनिबार, साउन ९ २०८३
ताजा अपडेट

पुटिनका प्रवक्ताको चेतावनी: रुसको सुरक्षामा खतरा देखिए परमाणु हतियार प्रयोग गर्ने !


  • बुधबार, चैत्र ९ २०७८
11.2K
SHARES

फाइल तस्विर

जारी रुस युक्रेन युद्धमा युक्रेनमा जनधनको ठुलो क्षति भएको अवस्था छ । अझै युक्रेनी राष्ट्रपति रुस सँग आत्मसमर्पण गर्ने मनसायमा छैनन् । युक्रेनका राष्ट्रपति जेलेन्सकीले पटक पटक रुसका राष्ट्रपती पुटिन सँग सिधा वार्ता गर्न अह्वान गरिरहेका छन् । तर रुसी राष्ट्रपतिको कार्यालयले अहिल्यै वार्ताको वातावरण बनिनसकेको बताइरहेको अवस्था छ ।

दुई देश बिच जारी युद्दले विश्वको अर्थ ब्यबस्थालाई धुमिल बनाइरहेका बेला रुसी राष्ट्रपति पुटिनका प्रवक्ताले गर या मरको खण्ड अफु हरुलाई आए परमाणु हतियार प्रयोग गर्ने बताएका छन् ।

पुटिनका प्रवक्ता दिमित्री पेस्कोवले उक्त अभिव्यक्ति दिएका हुन् । उनले परमाणु हतियारको प्रयोग देशको सुरक्षाका लागि हुने बताएका छन् ।

मंगलबार समाचार च्यानल सीएनएनलाई दिएको अन्तरवार्तामा पेस्कोवले युक्रेनविरुद्धको लडाइमा परमाणु हतियार प्रयोगको सम्भावनालाई इन्कार गरेनन् । अन्तरवार्ताको क्रममा परमाणु हतियारबारे सोधिएको एक प्रश्नमा उनले भने, ‘देशको सुरक्षाका लागि हाम्रो अवधारणा सबैलाई जानकारी नै छ । हाम्रो देशसामु जीवन–मरणको स्थिति पैदा भयो भने आफ्नो नीति अनुसार परमाणु हतियार प्रयोग गर्न सक्छौं ।’

यसअघि रुसी राष्ट्रपति पुटिनले परमाणु हतियारहरुलाईसमेत तयारी अवस्थामा राख्न निर्देशन दिएका थिए । यद्यपि अमेरिकालाई डर देखाउन मात्र रुसले परमाणु हतियारको कुरा गरेको भनेर पनि समाचारहरु सार्वजनिक भएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा