शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

रुस-युक्रेन युद्ध: जेलेन्स्कीले गुहारे धर्मगुरु !


  • बुधबार, चैत्र ९ २०७८
12.2K
SHARES

फाइल तस्विर

काठमाडौं- युक्रेनका राष्ट्रपति भोलोडिमीर जेलेन्स्कीले देशको दक्षिणी बन्दरगाह सहर मारियुपोलमा रुसी आक्रमणका बीच एक लाख मानिस फसेको बताएका छन्।

‘अहिले पनि सहरमा रुसी अमानवीय हर्कतका कारण करिब एक लाख मानिस फसेका छन्। त्यहाँ रुसी सेनाले घेराबन्दी गरेको छ। त्यहाँ न मानिससँग खाना छ, न पानी। औषधि पनि छैन। त्यहाँ लगातार बमबारी भइरहेको छ,’ जेलेन्स्कीले फेसबुकमा लेखेका छन्।

रुसको बमबारीका कारण मानिसहरूले त्यहाँबाट कतै जान नसकेको उनले बताएका छन्। मंगलबार मानवीय राहतका कार्यक्रम ल्याएर आएका केही मानिसलाई रुसी सैनिकले गिरफ्तार गरेको जेलेन्स्कीले बताएका छन्। उनले त्यसरी गिरफ्तार हुनेमा युक्रेनी सरकारी कर्मचारी र बस चालक रहेको बताएका छन्।

उनले यस्तो असहजताका बीच पनि मंगलबार मुरियुपोलबाट ७ हजार २६ जनाको उद्धार गरिएको दाबी गरेका छन्। जेलेन्स्कीले दुई हप्तामा युक्रेनलाई करिब एक लाख टन राहत सामग्री प्राप्त भएको बताएका छन्। जेलेन्स्कीले मंगलबार इसाई धर्मगुरु पोप फ्रान्सिससँग कुरा भएको र उनलाई युक्रेन आउनका लागि निमन्त्रणा दिएको बताएका छन्। बीबीसी ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा