रुस युक्रेन युद्ध लम्बिँदै जाँदा विश्व अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको भन्दै विभिन्न मूलकले रुसलाई प्रतिबन्ध गरेका छन् । पश्चिमा मुलुकहरूले रुसमाथि धावा बोल्दै आएका छन् । अमेरिका लगायत देशले रुसको कडा विरोध गर्दै प्रतिबन्ध समेत लगाइसकेको अवस्था छ । युद्ध लम्बिँदै जाँदा विभिन्न मुलुकले आफ्ना क्रिया प्रतिक्रिया जनाएका छन् ।
स्वयम रुसले आफूलाई प्रतिबन्ध गर्ने मुलुकहरूलाई कडा रुपमा आलोचना गर्दै युक्रेनलाई सहयोग गर्न आए आक्रमण गर्ने चेतावनी समेत दिएको छ। रुसका राष्ट्रपति पुटिनको पहिलो उद्देश्य युक्रेनलाई कब्जा गर्नु हो । त्यहाँको सरकारलाई हटाउनु र युक्रेनको सरकारको नेटोमा आबद्ध हुने इच्छाको पनि अन्त्य गर्नु हो । रुसले आफुलाई पश्चिमा मुलुक अमेरिका लगायतबाट खतरा महसुस गरेरै युक्रेनलाई नेटोमा आबद्ध हुनबाट रोक्न चाहन्छ ।
पुटिनले रुसमा जनतालाई आफ्नो लक्ष्य युक्रेनलाई निःशस्त्रीकरण गर्ने र त्यहाँ नाजीवादको अन्त्य गर्ने भएको बताएका थिए। त्यसले युक्रेनको सरकारबाट आठ वर्षसम्म धम्की र नरसंहारको सिकार भएका मानिसहरूलाई बचाउने बताउदै युक्रेनमाथि हमला गरेको समाचारहरूमा उल्लेख छ । युद्ध लम्बिँदै जाँदा युक्रेन पनि आत्मसमर्पण गर्ने पक्षमा नदेखिएपछि झन् झन् समस्या विकराल बन्दै गएको बताइएको छ ।
युक्रेनी भूभाग कब्जा गर्ने योजना नभएको बताउँदै आएका पुटिन अहिले युक्रेनलाई सहयोग गर्न कुनै देशका सैनिक आए हमला गर्ने चेतावनीको दिन थालेका छन् । पहिले पुटिनले बल प्रयोग गरेर कसैमाथि केही लाद्ने उद्देश्य नराखेको बताएका थिए ।
युक्रेन र रुस मा भएको युद्धले विश्वको अर्थ ब्यबस्थालाइ नै धरापमा पार्ने राष्ट्र सङ्घले जनाइसकेको छ । विभिन्न देशका प्रमुखहरूले वार्ता मार्फत युद्धलाई चाडै अन्त्य गर्नुपर्ने बताउँदै आएका छन् । तर युक्रेनी राष्ट्रपति बरु ध्वस्त हुने तर रुस सँग आत्मसमर्पण नगर्ने पक्षमा भएका समाचार आए सँगै युद्ध झनै विकराल बन्ने देखिँदै आएको छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।