शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

“पुटिन भित्तामै पुगिसके, अब रासायनिक अस्त्र प्रयोग गर्नसक्छन्”


  • मंगलबार, चैत्र ८ २०७८
11.1K
SHARES

फाईल तस्बिर

काठमाडौं – अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रुसले जैविक तथा रासायनिक अस्त्र प्रयोग गर्नसक्ने बताएका छन्। युक्रेन युद्धमा बेहोर्नुपरिरहेको चर्को प्रतिरोधका कारण रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अब जैविक तथा रासायनिक अस्त्र प्रयोग गर्नसक्ने उनले बताए।

बितेका २६ दिनका लडाईंमा युक्रेनी सेनाको चर्को प्रतिरोध अनि पश्चिमा समुदायको एकताबद्ध प्रतिक्रियाका कारण पुटिन ‘भित्तामा पुगेको’ भन्दै अब उनले झनै चर्का कारबाही गर्न सक्ने बाइडेनले बताए।

बितेका २६ दिनका लडाईंमा युक्रेनी सेनाको चर्को प्रतिरोध अनि पश्चिमा समुदायको एकताबद्ध प्रतिक्रियाका कारण पुटिन ‘भित्तामा पुगेको’ भन्दै अब उनले झनै चर्का कारबाही गर्न सक्ने बाइडेनले बताए।

उनले अमेरिकाले युरोपमा जैविक तथा रासायनिक अस्त्र भण्डार गरेको र युक्रेनमा त्यस्ता अस्त्र रहेको भन्ने रुसी दाबी पूरै असत्य भएको बताए। यस्ता दाबीले बरु रुस त्यस्ता अस्त्र प्रयोग गर्न लागिपरेको प्रस्ट सङ्केत गर्ने उनले बताए।

उनले भने, ‘अमेरिकाले युरोपमा जैविक तथा रासायनिक अस्त्र भण्डार गरेको उनको दाबी बिल्कुल झुटा हो। म त्यसको ग्यारेन्टी गर्छु। साथै युक्रेनमा त्यस्ता अस्त्र रहेको दाबी पनि गरिएका छन्। यी प्रस्ट सङ्केत हुन् उनी ती हतियार प्रयोग गर्न चाहन्छन्।’

साइबर हमलाको खतरा

अगुवा व्यापारीहरूसँग कुरा गर्दै बाइडनले पुटिनले अमेरिकाविरुद्ध साइबर हमलाको तयारी गरिरहेको हुनसक्ने पनि बताए। त्यस्ता हमलालाई रोक्न र प्रतिक्रिया जनाउन अमेरिकाले सबै किसिमको यत्न गर्ने पनि उनले बताए।

आर्थिक प्रतिबन्धहरू लगाएको बदलामा रुसले त्यसो गर्न सक्ने उनको भनाइ थियो।साथै उनले अमेरिकी कम्पनीहरूलाई आफ्नो डिजिटल सुरक्षा प्रबन्ध सुदृढ बनाउन पनि आह्वान गरे। यसअघि बाइडनले पुटिनलाई “युद्ध अपराधी” भनेपश्चात् वाशिङ्टनसँगको सम्बन्ध पूरै विच्छेदको अवस्थामा पुगेको मस्कोले चेतावनी दिएको थियो।

-बीबीसी


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा