शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

युक्रेन-रुस युद्धले विश्वभर भोकमरीको आँधी-तुफान आउन सक्ने !


  • सोमबार, चैत्र ७ २०७८
13.1K
SHARES

फाइल तस्विर

रुस-युक्रेन युद्धको प्रभाव दिनानुदिन विश्वभर पर्न सुरु भएको  छ । पेट्रोलियम पदार्थको मूल्य दिनानुदिन आकासिँदै गएपछि रुस युक्रेन युद्धको प्रभाव विश्वभर देखिने प्रस्ट सङ्केत देखिन थालेको जनकारहरू बताउन थालेका छन् ।

राष्ट्र सङ्घका महासचिव एन्टोनिय गुटेरेसले केही दिनअघि चेतावनी दिँदै भनेका थिए ‘हामीले सम्भावित सबै उपाय अपनाएर भोकमरीको आँधी आउन र विश्वव्यापी खाद्यान्न प्रणाली धराशायी हुनबाट रोक्नुपर्छ’। राष्ट्र सङ्घका महासचिवको यो भनाई ले के प्रस्ट हुन सकिन्छ भने रुस र युक्रेनमा चलेको युद्धको प्रभावले बिश्वबजार तरङ्गित हुने अवस्था आउन सक्ने छ ।

विश्वकै सर्वशक्तिमान् मुलुक भनेर चिनिएको रुस युद्धमा होमिदा रुसलाई विभिन्न देशले नाकाबन्दी गरेका छन् । नाकाबन्दीको सिधा असर विभिन्न देशका जनताले  पाउने छन् ।

मुख्यतः रुसबाट तेल आयत बन्द हुँदा विश्व बजारमै कच्चा तेलको मूल्य आकासिएको छ । यसको प्रभाव विश्वभर पर्ने छ । विश्व खाद्य कार्यक्रमका प्रमुख डेभिड बिस्लेले युक्रेन युद्धका कारण भोकमरीको अवस्था डरलाग्दो तहमा पुग्न सक्ने चेतावनी दिई सकेका छन् ।

युक्रेन रुस युद्धले विश्वव्यापी भोकमरीको सङ्कट डरलाग्दो अवस्थामा पुग्न सक्ने तर्फ विभिन्न माध्यमबाट जानकारहरूले बताई सकेका छन् । आपूर्ति चक्र र खाद्यान्नको भाउ नाटकीय रूपमा प्रभावित बन्न सक्ने तर्फ सङ्केत बिभिन्न देशका राष्ट्र प्रमुखहरुले गम्भिर चिन्ता जनाईसकेका छन् ।

युद्ध अझै लम्बिएर जने हो भने बिश्वभर  रुस-युक्रेन युद्धको प्रभावले भोकमरी सिर्जना हुने जानकारहरू बताउँदै आएका छन् । विश्वकै प्रमुख अन्न उत्पादक युक्रेन र रुसबीच जारी युद्धले संसारभर खाद्यान्न संकट देखिने चेतावनी बिभिन्न मुलुकका बिसेसज्ञहरुले दिईसकेको अबस्था छ ।

युद्धकै कारण विश्वभर निर्यात हुने गहुँ लगायतका वस्तुको ठूलो परिमाण युक्रेन र रुसमा रोकिएर बसेको छ । त्यस्तै, विश्वभर जाने रासायनिक मलको ठूलो हिस्सा बेलारुस र रुसमा अड्किएर बसेको छ । यसको प्रभाव संसार भर देखा पर्ने र परिणाम भोकमरी संसारमा देखिने तर्फ बिसेसज्ञहरुले संकेत गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा