शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

आक्रमण नरोकिए तेस्रो विश्वयुद्ध हुनसक्छ : युक्रेनका राष्ट्रपति जेलेन्स्की


  • सोमबार, चैत्र ७ २०७८
10.4K
SHARES

फाइल तस्विर

रुसले लगातार युक्रेन माथि आक्रमण गरिरहेको छ । आक्रमणको कारण युक्रेन तहसनहसको अवस्थामा पुगेको छ । यसैबिच युक्रेनी राष्ट्रपतीले रुसले आक्रमण नरोके तेस्रो विश्वयुद्ध हन सक्ने चेतावनी दिएका छन् ।

युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले आफ्नो देशमा रुसको आक्रमण नरोकिए तेस्रो विश्वयुद्ध हुनसक्ने चेतावनी दिएका छन् । आइतबार अमेरिकी समाचार च्यानल सीएनएनसँग कुरा गर्दै जेलेन्स्कीले उक्त चेतावनी दिएका हुन् ।

रुसले २६ दिनदेखि युक्रेनमा आक्रमण गर्दै आएको छ । आक्रमणबाट जनधनको धेरै क्षति भएको छ ।युक्रेनका राष्ट्रपति जेलेन्स्कीले युद्ध रोक्ने एकमात्र उपाय वार्ता भएको बताएका छन् ।

उनले वार्ताका लागि कुनै पनि तरिका र सम्भावनाको उपयोग गर्नुपर्ने बताएका छन् । यसअघि रुस र युक्रेनी अधिकारीबीच बेलारुसमा भएको वार्ता निष्कर्षविहीन भएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा