शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

खतराको घण्टी बज्यो, पुटिनले दिए परमाणु युद्ध अभ्यासको आदेश


  • आइतबार, चैत्र ६ २०७८
11.2K
SHARES

फाईल तस्बिर

रुस–युक्रेन लडाइँ परमाणु युद्धतर्फ जानसक्ने आशंका व्यक्त गरिएको छ । मिडिया रिपोर्टका अनुसार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनालाई परमाणु युद्ध अभ्यासका लागि आदेश दिएका छन् । सुरक्षाका लागि उनले आफ्नो परिवारलाई साइबेरिया पठाइसकेका छन् ।

हालै मात्र रुसले किन्झल हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको थियो । यो क्षेप्यास्त्र परमाणु र परम्परागत दुवै किसिमका हतियार बोक्न सक्थ्यो । २००० किलोमिटर मारक क्षमताको यो क्षेप्यास्त्र परमाणु बम पनि प्रहार गर्न सक्षम रहेको छ ।

परमाणु युद्धको अभ्यासको आदेश प्राप्त भए लगत्तै क्रेमलिनका अधिकारी तयारी अवस्थामा बसेका छन् । पुटिनको यो निर्णयको नतिजा भयानक हुनसक्ने उल्लेख गरिएको छ । क्रेमलिनका अधिकारीले पुुटिन परमाणु युद्धको तयारीमा खाली गराउने अभ्यासमा भाग लिन सक्ने बताएका छन् ।

रुस–युक्रेन लडाइँको सुरु देखिनै पुटिनले आफ्नो परिवारलाई साइबेरिया पठाएको दावी विभिन्न मिडियामा गरिँदै आएको थियो । यहाँ उनीहरुलाई उच्च प्रविधिको भूमिगत बंकरमा राखिएको बताइएको छ ।

रुसका राष्ट्रपति पुटिनले पहिले पनि आफ्नो परमाणु बललाई हमलाका लागि सतर्क गराइदिएका थिए । युक्रेनलाई परमाणु हमलाको धम्की पनि दिएका थिए । पुटिनले परमाणु कमाण्ड एकाइको बिदा समेत रद्ध गरिदिएका थिए  र, उनीहरुलाई  हमला तयारी गर्ने आदेश दिएका थिए । यसपछि सबै परमाणु क्षेप्यास्त्र फायरिङ मोडमा राखेका थिए । कर्मचारीलाई स्ट्यान्डबाइमा बस्नका लागि भनिएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा