युद्ध लम्बिँदै जाँदा रुसले युक्रेनविरुद्ध खतरनाक हतियार प्रयोग गर्न थालेको खबर बाहिरिएका छन् । खतरनाक हतियारको प्रयोग गरे सँगै परमाणु बमको प्रयोगको सङ्केत पनि हुन सक्ने विश्लेषकहरू बताउँछन् । रुसले ४ चैत्रमा पहिलो पटक किन्जाल हाइपसोनिक मिसाइलको प्रयोग गरेको छ । हाइपसोनिक हतियार प्रयोग गरे सँगै परमाणु हतियार समेत प्रयोग गर्ने त हैन भन्ने आङ्कलन सुरु भएको बताइन्छ ।
रुस र युक्रेनबीचको युद्ध लम्बिदै जाँदा रुस खतरनाक हतियारको प्रयोगमा बढिरहेको छ । अर्कोतर्फ, अमेरिकासहित नाटो देशहरुले रुसविरुद्ध कडा नीति लिदै आएका छन् ।
युक्रेनलाई युद्धक विमान सहयोग दिनेबारे नाटोमा छलफल बढेको छ । पोल्यान्ड त्यस्तो सहयोग दिन तयार भइसकेको छ । नाटो रुससँगको युद्धमा प्रत्यक्ष संलग्न होस् भन्ने चाहन्छ युक्रेन ।
पोल्यान्ड पनि त्यही चाहना राख्न थालेको छ । यो भनेको रुससँग नाटो युद्धमा भिड्नु हो । रुसमाथि आर्थिक प्रतिबन्धहरु पश्चिमाहरुले लगाएका छन् ।
रुसलाई किनारा लगाउँदै लगिए गम्भीर अवस्था आउने चिनियाँ भनाई सार्वजनिक भएको छ । चिनियाँ उप विदेशमन्त्री लीले आणविक शक्तिलाई किनारा लगाउनुलाई अकल्पनीय खतराको सम्भावना भनेका छन् । नाटोले अहिलेसम्म युद्धमा प्रत्यक्ष संलग्न नहुने बताइरहेको छ ।
युक्रेनलाई उडानरहित घोषणा गर्न मानेको छैन । तर, कुनैपनि बेला निर्णय फरक हुन सक्छ । अर्कोतर्फ, रुसले नाटो देशहरुलाई पनि आक्रमण गर्न सक्ने खतरा रहेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।