शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

संसदलाई सम्बोधन गर्दै युक्रेनका राष्ट्रपति जेलेन्स्कीले देखाए हृदयविदारक भिडियो, रसाए सबैका आँखा


  • बुधबार, चैत्र २ २०७८
15K
SHARES

रूसले आक्रमण गरिरहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी संसदलाई सम्बोधन गरेका छन्। केहीबेरअघि गरेको सम्बोधनका क्रममा जेलेन्स्कीले अमेरिकालाई अझै धेरै सहयोग गर्न र युक्रेनको आकाशलाई नो फ्लाई जोन घोषणा गर्न अनुरोध गरेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।

अमेरिकी संसदलाई कुनै पनि विदेशी नेताले भर्चुअल माध्यमबाट सम्बोधन गरेको यो पहिलो पटक हो। सम्बोधनका लागि टिसर्ट लगाएका जेलेन्स्की पर्दामा आउँदा उपस्थित सबै उनको सम्मानमा उठेका थिए।

सम्बोधनका क्रममा जेलेन्स्कीले पर्ल हार्बर ट्विन टावरमा भएको आक्रमण सम्झँदै अहिले आफ्नो देशले दिनदिनै त्यस्तै आक्रमण भोगिरहेको बताएका थिए।
उनले अमेरिकाले अहिलेसम्म गरेको सहयोगका लागि धन्यवाद दिँदै रूसमाथि अझै कडा प्रतिबन्ध लगाउन अनुरोध गरेका थिए।

सम्बोधनका क्रममा जेलेन्स्कीले रूसी आक्रमणपछिको युक्रेनको अवस्था समेटिएको निकै हृदयविदारक भिडिओ पनि देखाएका थिए। भिडिओका दृश्य देखेर संसद भवनमा मौनता छाएको टाइम्सले उल्लेख गरेको छ।

जेलेन्स्कीले अमेरिकी राष्ट्रपति जो बाइडेन विश्वको नेता बन्नु पर्ने उल्लेख गर्दै विश्वको नेता बन्न शान्तिको नेता बन्नु पर्ने बताएका थिए। जेलेन्स्कीको सम्बोधनपछि पनि उनलाई उठेर सम्मान गरिएको थियो। यसअघि जेलेन्स्कीले मंगलबार क्यानडाको संसदमा सम्बोधन गरेका थिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा