शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

चुनाव हारेपछि सोनियाले हटाइन् सिद्धुसहित कंग्रेसका पाँच प्रदेश प्रमुख


  • बुधबार, चैत्र २ २०७८
9.4K
SHARES

फाइल तस्विर

भारतमा कंग्रेस आईकी अध्यक्ष सोनिया गान्धीले पाँच प्रदेशका पार्टी प्रमुखलाई बर्खास्त गरेकी छन्।

द हिन्दुका अनुसार हालै विधान सभा चुनाव भएका पाँच राज्यका पार्टी प्रमुखलाई गान्धीले बर्खास्त गरेकी हुन्। चुनावी हारपछि पार्टीलाई पुनर्संरचना गर्न उनीहरूलाई जिम्मेवारीबाट हटाइएको कंग्रेस प्रवक्ता रन्दीप सुर्जेवालाले जानकारी दिए।

बर्खास्त हुनेहरूमा पन्जाबका कंग्रेस प्रमुख नवोजित सिंह सिद्धु, उत्तर प्रदेशका अजयकुमार लल्लु, उत्तराखण्डका गणेश गोधियाल, गोवाका गिरिश चोदानकर र मणिपुरका एन लोकेन सिंह छन्।

क्रिकेटरबाट टिभी सो हुँदै राजनीतिमा आएका सिद्धुले गत जुलाईमा मात्र पार्टी प्रदेश प्रमुखको जिम्मेवारी पाएका थिए।

मार्च १० मा आएको यी पाँच राज्यको विधान सभा चुनावको परिणाममा कंग्रेस सबै राज्यमा पराजित भएको थियो। यो पराजयपछि कंग्रेसभित्र पुनर्संरचनाको माग उठिरहेको छ।

यसअघि गत आइतबार बसेको कंग्रेस आईको सेन्ट्रल वर्किङ कमिटी (सिडब्लुसी) को बैठकले सोनिया गान्धीकै नेतृत्वमा पार्टीले काम गर्ने विश्वास व्यक्त गरेको थियो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा