शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

युक्रेनी सेनाले मिसाइल आक्रमण गर्दा २० जना रुसी नागरिकको मृत्यु, २८ जना गम्भीर घाइते


  • मंगलबार, चैत्र १ २०७८
10.2K
SHARES

फाइल तस्विर

युक्रेनी सेनाको मिसाइल आक्रमणबाट युक्रेनकै डोनेत्स्क क्षेत्रमा २० जना रुसी नागरिकको मृत्यु भएको रुसले जनाएकाे छ ।

युक्रेनी आक्रमणमा बालबालिका सहित २८ सर्वसाधारण गम्भीर घाइते भएको पनि रुसले बताएको छ । रुसी रक्षा मन्त्रालयका प्रवत्ता जनरल इगोर कोनासेन्कोभले पूर्वी सहर दोनेत्सकको मध्य भागमा युक्रेनी सेनाले मिसाइल प्रहार गर्दा उनीहरुको मृत्यु भएको बताउनुभएको हो ।

दोनेत्सक रुस समर्थक पृथकतावादीको पकड रहेको क्षेत्र हो ।साे क्षेत्रलाई गत महिना रुसले स्वतन्त्र राष्ट्रको मान्यता दिएकोथियो ।

याे पनि पढ्नुहाेस्:

एकैदिन सुन तोलामा १८०० रुपैयाँ घट्यो

एकैदिन सुन तोलामा १८०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर १ लाख ५०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजाबी सुन तोलामा १ लाख रुपैयाँमा कारोबार भएको छ । यसैबीच मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १४१५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर तोलामा १३८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा