रुसी सेनाको हमलामा न्युयोर्क टाइम्सका एक पत्रकार मारिएका छन् । इरपिन सहरमा रुसी फौजको हमलामा न्युयोर्क टाइम्सका भिडियो पत्रकार ब्रेन्ट रिनाउड मारिएको किभ क्षेत्रका प्रमुखले बताएका छन् । हमलामा अर्का एक जना घाइते भएका छन् ।
इरपिनमा युक्रेन युद्धको समाचार रिपोर्ट गरेका भिडियो पत्रकार ब्रेन्ट रिनाउडको रुसी सेनाको गोली प्रहारमा मृत्यु भएको किभ प्रहरी प्रमुखले पुष्टि गरेका छन् । गोली लागेर उनका पार्टनर घाइते बनका छन् ।
ब्रेन्टको न्युयोर्क टाइम्सको प्रेस पास भए पनि उनी युद्ध क्षेत्रमा असाइनमेन्टमा नरहेको प्राप्त विवरणहरुमा जनाइएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।