शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

पञ्जाबको नतिजामाथि केजरीवालले भने, ‘म आतंकवादी होइन, सच्चा सपूत हुँ भन्ने कुरा देशले बताइदिएको छ’


  • बिहिबार, फाल्गुन २६ २०७८
9.8K
SHARES

फाइल तस्विर

पञ्जाबमा आम आदमी पार्टी ठूलो जीततर्फ अग्रसर भइरहेको छ । यसैबीच पार्टी सुप्रिमो अरविन्द केजरीवालले आफ्ना समर्थकलाई सम्बोधन गर्दै पञ्जाबका जनताले कमाल गरिदिएको बताएका छन् ।

अरविन्द केजरीवालले भने, ‘पञ्जाब, हामी सबै तपाईंलाई प्रेम गर्छौँ । पञ्जाबभित्र ठूला–ठूला कुर्सी हल्लिएका छन् । क्याप्टेन हारेका छन्, सुखबीर सिंह बादल हारे, प्रकाश सिंह बादल हारे र नवजोत सिंह सिद्धू हारे । भगत सिंहले एकपटक भनेका थिए कि स्वतन्त्रता पाएपछि सिस्टम फेरिएन भने केही पनि फेरिने छैन ।’

केजरीवालले भने, ‘पछिल्लो ७५ वर्षमा सिस्टम फेरिएको छैन । यिनीहरुले जानीजानी गरिब राखे । हामीले इमानदार राजनीतिको सुरुवात गर्यौँ । बाबा साहेब आम्बेडकर र भगत सिंहको सपना पूरा भइरहेको छ । धेरै ठूल्ठूला शक्ति छन् जो साथ मिलेर देशलाई अघि बढ्नबाट रोक्न चाहन्छन् । सबै आम आदमी पार्टीविरुद्ध एकजुट भएका थिए ।

उनीहरुले ठूल्ठूला षड्यन्त्र रचे र केजरीवाल आतंकवादी हुन् भने । नतिजामार्फत् देशले बोलेको छ कि केजरीवाल आतंकवादी नभई देशका सच्चा सपूत हुन् । देशभक्त हो ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा