रूसमाथिको थप प्रतिबन्धका कारण विश्वले पेट्रोलियम पदार्थको अभावको सामना गर्नुपर्ने पेट्रोलियम पदार्थ निर्यात गर्ने मुलुकहरूको संगठन ओपेकका प्रमुखले चेतावनी दिएका छन् ।
पेट्रोलियम पदार्थ निर्यातमा रूसको हिस्सालाई बदल्न नसकिने र रूसमाथि लगाइने प्रतिबन्धको प्रत्यक्ष असर यस क्षेत्रले सामना गर्नुपर्ने ओपेकका महासचिव मोहम्मद बार्किन्डोले बताए ।
रूसले दैनिक ७० देखि ८० लाख ब्यारेल तेल निर्यात गर्दै आएको उल्लेख गर्दै बार्किन्डोले रुसमाथिको वित्तीय प्रतिबन्धअन्तर्गत रुसले तेल निर्यात गर्न असम्भब रहेको टिप्पणी गरे ।
बारकिन्डोले राष्ट्रसंघको लक्ष्य अनुरूप सबैलाई भरपर्दो, सस्तो र स्वच्छ ऊर्जाको पहुँचको अधिकार भएको उल्लेख गर्दै भने, ‘तेल र भू–राजनीतिबीचको रेखा पातलो हुँदै जाँदा हामी ऊर्जालाई राजनीतिकरण गर्न सक्दैनौं ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।