शनिबार, साउन ३० २०८३
ताजा अपडेट

रुसद्वारा ४८ असहिष्णु देशहरुको सूची सार्वजनिक, को को परे ?


  • मंगलबार, फाल्गुन २४ २०७८
13.1K
SHARES

फाईल तस्बिर

रुसले ४८ देशहरुलाई समेटेर असहिष्णु राष्ट्रको सूची सार्वजनिक गरेको छ । युक्रेनमाथि आक्रमण गरेपछि आफ्नो मुलुकमाथि नाकाबन्दी र प्रतिबन्धहरुको घोषणा गर्ने ४८ देशहरुलाई समेटेर रुसले सूची सार्वजनिक गरेको हो ।

यो सूचीमा युरोपेली युनियन र नेटोका सबै देशहरुका साथै जापान, दक्षिण कोरिया, ताइवान जस्ता देशहरु पनि समेटिएका छन् । गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरेपछि रुसविरुद्ध युरोपेली युनियन इयूसहित विभिन्न मुलुकहरुले आर्थिक प्रतिबन्ध एवम् नाकाबन्दीको घोषणा गरेका छन् ।

रुसी सञ्चारमाध्यमले यिनै नाकाबन्दी र प्रतिबन्धको जवाफमा यस्तो सूची सार्वजनिक गरेको दाबी गरेका छन् ।

सूचीमा समावेश देशहरु– अमेरिका, क्यानाडा, इयूका २७ मुलुकहरु, बेलायत, युक्रेन, मोन्टेनेग्रो, अष्ट्रेलिया उत्तर मेसेडोनिया, स्विट्जरल्याण्ड, जापान, दक्षिण कोरिया, अल्बानिया, एण्डोरा, आइसल्याण्ड, लिक्टेन्स्टाइन, मोनाको, नर्वे, सान मारिनो, माइक्रोनेशिया, न्युजिल्याण्ड, सिंगापुर र ताइवान रहेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा