शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

पुटिनले चेतावनि दिदै भने पश्चिमा नाकाबन्दी युद्धको घोषणा सरह हो


  • आइतबार, फाल्गुन २२ २०७८
8.4K
SHARES

फाईल तस्बिर

रुसी राष्ट्रपति पुटिनले पश्चिमा मुलुकहरूले आफ्नो मुलुकमाथि लगाएका नाकाबन्दी र प्रतिबन्धहरू ‘युद्धको घोषणा सरह भएको चेतावनी दिदै अफुले सो कुरालाई नियालिरहेको बताएका छन् ।

राजधानी मस्कोस्थित एरोफ्लोट एअरलाइन्सको तालिम केन्द्रमा महिला सहचालकहरुलाई सम्बोधन गर्ने क्रममा पुटिनले यस्तो बताएका हुन् । ‘धन्य ईश्वर यस्तो भएको छैन उनले भने ।

उनले युक्रेनी आकासमा ‘नो फ्लाइ जोनको घोषणा गरेमा त्यसले यस्तो घोषणा गर्ने मुलुकविरुद्ध मुठभेडको अवस्था ल्याउने र रुसले तिनीहरूलाई दुश्मन सैनिकको रुपमा व्यवहार गर्ने चेतावनी समेत दिएका थिए ।

उनले रुसमा सैनिक कानून ‘मार्शल ल’ लागू गर्ने आफ्नो कुनै योजना नरहेको पनि स्पष्ट पारे । ‘सैनिक गतिविधिको निश्चित क्षेत्रमा बाहिरी आक्रमण भएको खण्डमा’ मात्रै सैनिक कानून लागू गरिने र हालसम्म यस्तो अवस्था नआएको उनको भनाइ छ ।

केही समययता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा रुसमा सैनिक कानून लागू हुनै लागेको समाचारहरु आइरहेका बेला पुटिनको यस्तो भनाइ आएको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा