युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार आफू अझै पनि युक्रेनमै रहेको बताएका छन्। आफ्नो आधिकारिक इन्स्टाग्राममार्फत उनले आफू अझै युक्रेनको राजधानी सहर किभमा रहेको र मुलुक छाडेर नभागेको बताएका छन्।
‘प्रत्येक दुई दिनमा म कहिले युक्रेनबाट, कहिले किभबाट त कहिले कार्यालयबाट भागेको भन्ने समाचार आइरहेका छन्।
तपाईँहरुले देख्नुभएको जस्तै म आफ्नै स्थान एन्द्री बोरिसोभिक (येर्माक)मा छु। कोही पनि कतै भागेको छैन। हामीहरु यहाँ काम गरिरहेका छौं’, उनले लेखेका छन्।
यसअघि रुसी सञ्चारमाध्यमहरुले जेलेन्स्की युक्रेन छाडेर पोल्याण्ड पुगेको समाचार प्रकाशित गरेका थिए।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।