शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

युक्रेनका दुई शहरमा रुसले गर्‍यो युद्धविराम


  • शनिबार, फाल्गुन २१ २०७८
11K
SHARES

फाइल तस्विर

युक्रेनमाथि रुसी आक्रमण सुरु भएको दशौं दिन रसियाको रक्षा मन्त्रालयले युक्रेनको दुई शहरमा युद्धविराम घोषणा गरेको छ ।

दक्षिण पूर्वी शहर मरियुपुल र भोल्नोभाखामा शनिबार विहानदेखि अस्थायी युद्धविराम घोषणा भएको बीबीसीले जनाएको छ ।

रुसी रक्षा मन्त्रालयले मानवीय सहयोगका लागि युद्धविराम गरेको जनाएको छ । युद्धविरामको समयमा मानिसहरु शहर छोडेर जान सक्ने उसले जनाएको छ ।

बन्दरगाह नजिकैको शहर मरियुपुलमा रसियाले धेरै दिनदेखि आक्रमण जारी राखेको थियो । त्यस्तै भोल्नोभाखामा पनि युद्ध चर्किएको थियो । दुई शहरमा युद्धबिराम भएको युक्रेन पक्षले पनि पुष्टि गरेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा