बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

यूक्रेनविरूद्ध हुने आक्रमणसँग डराएर हामी भाग्दैनौ, युक्रेनलाई कसैले भंग गर्न सक्दैन : जेलेन्स्की


  • बुधबार, फाल्गुन १८ २०७८
9.3K
SHARES

फाइल तस्विर

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मङ्गलबार युरोपेली संसद्को विशेष बैठकलाई भिडिओ लिङ्कमार्फत् सम्बोधन गर्दै युक्रेनलाई कसैले भङ्ग गर्न नसक्ने बताएका छन् ।

उनले यूक्रेनले रूसको आक्रमणको सबै क्षेत्रबाट प्रतिरोध गरिरहेको बताए । उनले भने, ‘यूक्रेनी राष्ट्रियतालाई कमजोर पार्ने सोच नराख्नु रूसका लागि उचित हुनेछ ।’ उनले आफूले युद्ध नचाहेको तर यूक्रेनविरूद्ध हुने आक्रमणसँग डराएर नभाग्ने बताए ।

यसैबीच मङ्गलबार पनि रूसी आक्रमणका कारण युक्रेनभरि गैरसैनिकहरूको ज्यान गइरहेका विवरण प्राप्त भइरहेका बीबीसीले जनाएको छ । उसले आक्रमण र हताहतीका सबै दाबीहरूलाई स्वतन्त्ररूपमा पुष्टि गर्न कठिनाई भइरहेको समाचारमा जनाएको छ ।

मङ्गलबार युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा प्रशासनिक भवनमा भएको हमलामा केहीको मृत्यु भएको हुनसक्ने र २० जना घाइते भएको उद्धारमा खटिएका अधिकारीहरूले बताएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सो सहरमाथिको आक्रमणलाई युद्ध अपराधको संज्ञा दिएका छन् । ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा