शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

बाइडेनको पुटिनलाई चेतावनी, तानाशाहले मूल्य चुकाउँनु पर्छ


  • बुधबार, फाल्गुन १८ २०७८
8.9K
SHARES

फाइल तस्विर

अमेरिकाका राष्ट्रपति जो बाइडेनले अमेरिकी संसदलाई सम्बोधन गर्दै अमेरिका र नेटाले युक्रेनसँग पश्चिमको ऐक्यबद्धता देखाएको बताएका छन् ।उनले भने, ‘इतिहासले देखाउँछ कि तानाशाहले आफ्नो हमलाको मूल्य नचुकाएसम्म उसले थप अराजकता पैदा गर्छ ।’

‘हामी स्थिति नियन्त्रणमा आएको देख्नेछौँ । जब इतिहास लेखिन्छ, युक्रेनविरुद्ध पुटिनको युद्धले रुसलाई अझ कमजोर बनाउनेछ र संसारलाई थप बलियो बनाउनेछ ।’

६ दिन अघि भ्लादिमिर पुटिनले स्वतन्त्र संसारको जग हल्लाउन चाहन्थे । उनले सोचे कि उनले आफ्नो खतरनाक तरिकाले यसलाई झुकाउन सक्छन् । तर उनले यसको गलत आँकलन गरे ।

बाइडेनले आफ्ना युक्रेनी समकक्षी वोलोदिमिर जेलेन्स्की र युक्रेनी नागरिकको तारिफ गरे । उनले उनलाई निडर, बहादुर बताउँदै उनीहरुले संसारलाई नै प्रेरित गरिरहेको बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा