शनिबार, साउन ३० २०८३
ताजा अपडेट

पुटिनको मानार्थ ब्ल्याक बेल्ट पदवी खोसियो !


  • मंगलबार, फाल्गुन १७ २०७८
9.2K
SHARES

फाईल तस्बिर

युक्रेनमाथि आक्रमण गरेको भन्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दिइएको तेक्वान्दोको मानार्थ ब्ल्याक बेल्ट पदवी खोसिएको छ । विश्व तेक्वान्दो महासंघले मंगलबार एक ट्वीट गर्दै पुटिनको मानार्थ ब्ल्याक बेल्ट खोसिएको जनाएको हो ।

‘विश्व तेक्वान्दाेले युक्रेनमा निर्दोष जीवनमाथि भएको नरसंहारकारी हमलाको कडा निन्दा गर्दछ, जुन विजयभन्दा शान्ति धेरै मूल्यवान छ भन्ने विश्व तेक्वान्दोकाे मान्यता विरुद्ध छ,’ महासंघले ट्वीटरमा पोस्ट गरेको विज्ञप्तिमा भनिएको छ ।

युक्रेन हमला विश्व तेक्वान्दोको मूल्य र सहिष्णुता विरुद्धमा रहेको पनि महासंघले जनाएको छ । ‘यस सन्दर्भमा विश्व तेक्वान्दोले राष्ट्रपति भ्लादमिर पुटिनलाई सन् २०१३ को नोभेम्बरमा प्रदान गरेको मानार्थ नवौं डान ब्ल्याक बेल्ट पदवी फिर्ता लिने घोषणा गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा